२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र लोकतन्त्रविरोधी विधेयक फिर्ता गर्न राजपाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरित र लोकतन्त्रको मूल्य मान्यता विपरितका विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ ।

राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले विभिन्न तीन विधेयक फिर्ता लिन ध्यानाकर्षण गराएको हो ।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले तीन वटै विधेयक अविलम्ब फिर्ता नलिए त्यसबाट उत्पन्न हुने भयावह परिस्थितिको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने बताए ।

सरकारले मानवअधिकार माथि अंकुश लगाउने गरी ल्याएको राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक, प्रेस स्वतन्त्रतालाई हन्न हुने गरी नियन्त्रण गर्न ल्याएको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा प्रधानमन्त्रीले चाहेमा सेना परिचालन गर्न सक्ने गरी राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान तथा लोकतन्त्र विपरित रहेको ठहर राजपा नेपालको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।




भर्खरै