१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अङ्ग प्रत्यारोपण केन्द्रका १० जना नर्स पक्राउ



अ+ अ-

काठमाडौं । लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका मानव अङ्ग प्रत्यारोपण केन्द्रका १० जना नर्सलाई पक्राउ गरिएको छ।

वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारीमा गर्दा पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी वृतमा र अन्यलाई भक्तपुर प्रहरी प्रभागमा राखिएको छ ।

आफ्ना माग राख्दै आन्दोलनरत नर्सहरु प्रहरी नियन्त्रणमा परेको यो तेस्रो पटक हो । यसअघि उनीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नर्सिङ संघको कार्यालय लाजिम्पाटबाट पक्राउ परेका थिए ।

लोकसेवा आयोगले विज्ञापन खुलाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् । लगातारको आन्दोलन र अनसनका कारण बिहीबार नर्सिङ संघको पहलमा केन्द्रले लोकसेवा आयोगलाई पत्र पठाइ परीक्षा स्थगित गर्न आग्रह गरेको छ ।