१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका पक्षमा राम्राराम्रा काम गरेका छौं, नेकपाले दुई तिहाइ बहुमत ल्याउछ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा आफ्नो दल नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन्। उनले हालको सरकारले जनताका पक्षमा राम्राराम्रा काम गरिरहेको भन्दै अबको चुनावमा दुई तिहाइ बहुमत ल्याउने आधार खडा भइसकेको बताए ।

शुक्रबार मदननगर बल्खुमा मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ‘हाम्रो अहिलेको बहुमत पनि कतिलाई पचेको छैन तर अर्को पटक हामी दुई तिहाइ बहुमत ल्याएर आउँछौं,’ प्रधानमन्त्रीले भने,‘किनकी सरकारले जनताका पक्षमा राम्राराम्रा काम गरिरहेको छ।’

उनले आफ्नो पार्टीले राम्राराम्रा काम गरिरहेपनि विपक्षीहरूले सानातिना कुरामा विरोध गरेर जनताको ध्यान मोड्न खोजेको आरोप लगाए।

सरकारले ल्याएको नयाँ नीति तथा कार्यक्रममा विरोध गर्नु पर्ने कुरा केही नभेटेपछि राष्ट्रपतिको मेरो सरकार भन्ने सम्बोधनको विरोध गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

संसारभर राष्ट्रपति वा राष्ट्रप्रमुखले आफ्नो सरकारको वक्तव्य पढ्ने गरेको भन्दै उनले कुवाभित्रबाट आकाश जत्रो देखिन्छ त्यत्रोमात्र हुन्छ भन्ने ठान्न नहुने बताए ।

ओलीले अघि भने, ‘राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन नपढेर कसको सरकारको प्रतिवेदन पढ्छ रु मेरो सरकारको होइन भने कसको सरकारको नीति कार्यक्रम पढ्ने रु यस्ता स्याल हुँइयामा देशको जेठो भनिएको पार्टी कांग्रेस त लाग्यो लाग्यो, केही बुद्धिजिवीहरु समेत लागेको देख्दा अचम्म लाग्यो ।’

उनले बालुवाटका जग्गामा ४७ सालदेखि के–के भएको छ भनेर सरकारले खोजिरहेको बताए । उनले सुन तस्करी ,माथिल्लो तहसम्मका भ्रष्टाचारीलाई कारबाही समेत गरेको दाबी समेत गरे ।