२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा उपस्थित नै हुँदैनन् शीर्ष नेता



अ+ अ-

काठमाडौं । काठमाडौं संसदीय समितिको बुधबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक देखिए। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सदस्यसमेत रहेका देउवा खानेपानी मन्त्रालको आगामी वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमसम्बन्धमा भएको छलफल सकिएलगत्तै बैठकबाट बाहिरिए। छलफलमा देउवाले भनाइ राखेनन्।

बुधबार विकास समितिको ३५औँ बैठक थियो। २५ वटा बैठकसम्म निरन्तर अनुपस्थित भएपछि एक महिनाअघि समितिकी सभापति कल्याणी खड्काले देउवालाई उपस्थितिका लागि पत्र पठाएकी थिइन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राज्य व्यवस्था समितिका सदस्य हुन् तर उनी सुरुतिरका दुई बैठकमा मात्रै उपस्थित भए पनि पछिका बैठकमा उपस्थित भएका छैनन्।

सभापति शशी श्रेष्ठले समितिको बैठकमा अनुपस्थित भए पनि दाहालले आफूलाई जानकारी गराउने गरेको बताइन्। समितिमा शीर्ष नेतामात्र होइन, अन्य सदस्य पनि अनुपस्थित भएर धेरैपटक कोरम नपुग्ने समस्या आउने गरेको छ। प्रतिनिधिसभाको नियमावलीको नियम १८० मा लगातार पाँचवटा बैठकमा सभापतिको अनुमतिबिना अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले समितिबाट हटाउनसक्ने व्यवस्था छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।




भर्खरै