३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्री चोरीको आरोपमा प्रहरी जवान निलम्बनमा



अ+ अ-

काठमाडौं । गत बिहीबार चाबहिल–साँखु सडकखण्डको कालोपत्र माग गर्दै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीको सिक्री चोरेको आरोपमा एक प्रहरी जवान निलम्बन भएका छन् ।

महानगरीय प्रहरी परिसर, टेकुका एसपी होविन्द्र बोगटीका अनुसार निलम्बनमा पर्नेमा प्रहरी जवान अमिर श्रेष्ठ रहेका छन् ।

स्रोतका अनुसार श्रेष्ठले बयानका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदा आफूसँगै सिक्री आएको बताएका छन् ।