२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले मुलुकमा सुशासन दिन सकेन : नेता सिंह



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उहाँले सम्बृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताउनुभएको हो ।

“सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ”, उहाँले भन्नुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।

उहाँले नेपाली जनतालाई अधिकार दिलाउन काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो । नेता सिंहले पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै काङ्ग्रेस पार्टीले मात्र मुलुकको विकास गर्ने उल्लेख गर्नुभयो ।