३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको उडानले आधा घण्टा विमानस्थल ठप्प, उपत्यकाका सडकमा लामो सवारी जाम



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन्।

नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर बिहान ११ बजेपछि होनाइका लागि उड्ने कार्यक्रम थियो ।

प्रधानमन्त्री ओलीको उडानको समयलाई ध्यानमा राखेर आधा घण्टा विमानस्लथमा विमानको उडान अवतरण रोकेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनले आधा घण्टाका लागि मात्रै अरु उडान रोकेकाले त्यस पछि उडान अवतरण खुला भएको बताए । प्रधानमन्त्री ओलीको सवारीका कारण अहिले उपत्यकामा सडकमा पनि जाम बढेको छ । भीभीआईपीको सवारीका कारण गौशाला, चावहिल, एयरपोर्ट, माइतीघर मण्डला, थापाथालीलगायत ठाउँमा जाम छ ।

यसअधि पनि राष्ट्रपति विद्यादेवी भण्डारीको चीन उडानका कारण त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट ठप्प भएको थियो ।

भिभिआइपी उडानको समयमा विमानस्थलमा बिहान १०ः४५ देखि नोटाम (नोटिस टु एइर म्यान) चालिस मिनेटका लागि जारी गरिएपछि अन्य सबै उडान होल्ड भएको थियो ।

त्सबेला सिचुआन एयरलाइन्सको जहाज ल्हासा नै फर्काइएको थियो ।