३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार गरिएको छ । न्यु साउथ वेल्सको अबलरीमा चुनावी अभियानका क्रममा रहेका मरिसनले महिलाहरूसँग कुरा गरिरहेका बेला एक युवतीले टाउकोमा अण्डा प्रहार गरेकी हुन् ।

सञ्चारमाध्यमद्वारा सार्वजनिक भिडियोमा मरिसनलाई प्रहार गरिएको अण्डा नफुटी उछिट्टिएको देखिन्छ । त्यस लगतै भुईँमा खसेको अण्डा घटनास्थलमा रहेका पत्रकारले नफुटेकै अवस्थामा टिपेर देखाएका थिए ।

अण्डा प्रहार गर्ने २५ वर्षीय युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री मरिसनले आफूमाथिको आक्रमण ‘कायर’ कदम भएको टिप्पणी गरेका छन् । उनले आक्रमण गर्ने युवतीलाई तत्काल नियन्त्रणमा लिएको भन्दै सुरक्षाकर्मीको प्रशंसा गरे ।

मरिसन अण्डा प्रहारको सिकार हुने यसवर्षका पहिलो अस्ट्रेलियाली राजनीतिकर्मी हुन् । यसअघि गत मार्चमा सिनेटर फ्रासर एनिङलाई एक युवाले अण्डाले हानेका थिए । अण्डा प्रहार गर्ने १७ वर्षीय युवालाई प्रहरीले सचेत गरेर छाडेको थियो ।