३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलब र जहाजको किस्ता दिन नसकेको नेपाल एयरलाइन्सलाई ३ अर्ब दिने तयारी



अ+ अ-

काठमाडौं । नेपाल एयरलाइन्समा दैनिक तलबभत्ता वितरण गर्न पैसा अभाव भएपछि सरकारले तत्काल ३ अर्ब रुपैयाँ दिने तयारी गरेको छ।

ब्याजको भारमात्र अरबौं रुपैयाँ बोकेको एयरलाइन्सलाई चालु वर्षको बजेटमा खर्च हुन नसकेको शिर्षकबाट रकमान्तर गरी ऋण स्वरुप दिने तयारी भएको अर्थ मन्त्रालय सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ।

एयरबस ए३३० जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नै २ अर्ब बढी रुपैयाँ बाँकी रहेको छ ।
नेपाल एयरलाइन्सले सरकारसँग पुँजी लगानी स्वरुप २० अर्ब माग गरेको थियो। उसले तत्काल पाँच अर्ब र बाँकी १५ अर्ब विस्तारै लगानी गर्न सरकारसँग माग गरेको थियो।

अर्थको रायअनुसार पर्यटनले तत्काल पाँच अर्ब दिन नसकिने र त्यो पनि ऋण स्वरुपमात्र दिनेगरी ३ अर्बसम्म दिनसकिने जानकारी गराएको छ।