३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी विदेशमन्त्री पोम्पेओ इराक भ्रमणमा



अ+ अ-

बग्दाद । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार अचानक इराकको राजधानी बग्दाद पुग्नु भएको छ ।

इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इराक पुग्नु भएको हो ।

विदेशमन्त्री पोम्पेओले भ्रमणको उद्देश्य इराकी नेतृत्वसँग भेटेर इरानविरुद्ध दबाव दिने रहेको जनाइएको छ ।
पोम्पेओले छिमेकी मुलुक इरानको प्रभावबाट मुक्त गरी सार्वभौम इराकलाई अमेरिकाको सहयोग रहेको देखाउन चाहेको पनि बताउनुभएको छ ।

जर्मनीको बर्लिनको पूर्व निर्धारित भ्रमण स्थगित गर्दै त्यहाँ पुगेका विदेशमन्त्री पोम्पेओले बग्दादमा चार घण्टा बिताउनुभएको छ ।
उहाँले इराकी राष्ट्रपति बर्हाम सालेह र प्रधानमन्त्री अदेल अब्दुल महादिदसँग भेटवार्ता गर्नु भएको थियो ।