३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्लीले हैदराबादसँग भिड्दै, सन्दीपको भेट राशिद खानसँग होला त ?



अ+ अ-

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटर खेल अन्तर्गत आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग भिड्दै छ।

लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि बिसाखापटनमस्थित डाक्टर राजाशेखारा क्रिकेट रंगशालामा हुनेछ ।

यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएपछि चेन्नईले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नु परेको हो ।

युवा खेलाडीले भरिएको दिल्ली टिम पहिलोपल्ट आईपीएलको फाइनलका लागि अग्रसर छ । रिक्की पोन्टिङ र सौरभ गांगुलीले दिल्लीका युवा खेलाडीलाई एउटा लय दिएका छन् । प्लेअफमा मुम्बई र चेन्नईसँगै समान १८ अंक भएर पनि दिल्ली रनरेटमा पछि रहँदै इलिमिनेटर खेल्नु परेको हो ।
दिल्लीले जारी आईपीएलको लिग चरणमा १४ खेलबाट ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर तेस्रो स्थान कब्जा गरेको थियो । यता, हैदरावादलाई भने यो पटक भाग्यले साथ दियो । मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेसँगै हैदरावाद प्लेअफमा पुगेको हो । यदी कोलकत्ताले जितेको भए हैदरावाद आउट हुने थियो ।

हैदरावादले १४ खेलमध्ये ६ खेलमा जित र ८ खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको थियो । १२ नै अंक बनाएको कोलकत्ता र किंग्स इलाभेन पञ्जाब भने नेट रनरेटमा पछि पर्दै आईपीएलबाट बाहिरिएका हुन् ।

हैदरावाद र दिल्ली दुबैले लिग चरणको खेलमा नतिजा बाँडेका थिए । दिल्लीले होम गेममा हैदरावादसँग ५ विकेटले पराजय भोगेको थियो । तर अवे खेलमा भने दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गरेको थियो ।

डेभिड वार्नर प्रेरित हैदराबाद ब्याटिङ लाइन उत्कृष्ट छ । बलिङतर्फ राशिद खानले नेतृत्व लिनेछन् । दिल्लीका कप्तान श्रेयस अय्यर, ऋषभ पन्त लगायतका युवा खेलाडीमा उसको प्रदर्शन निर्भर हुनेछ ।

दक्षिण अफ्रिकाका कागिसो रबाडा विश्वकप तयारीका लागि स्वदेश फर्किएपछि दिल्लीले त्यसको मूल्य चुकाउनुपर्ने हुनसक्छ ।

नेपाली युवा स्पिनर सन्दीप लामिछाने अहिलेसम्म ६ खेलबाट ८ विकेट लिएका छन् । पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलका थिए । जुन खेलमा महंगो बलिङ गरे र कुनै विकेट लिन सकेनन् । त्यसपछि दिल्लीले उनलाई प्लेइङ सेटमा राखेको छैन ।

हैदरावादविरुद्धको खेलमा पनि सन्दीपले खेल्न पाउने मौका निकै कम रहेको बताइन्छ । किनभने पछिल्लो समयमा दुई भारतीय स्पिनर अमित मिश्र, अक्षर पटेलले उत्कृष्ट बलिङ गरिरहेका छन् । चार विदेशी खेलाडीको कोटामा पर्न सन्दीपले किमो पाउल, ट्रेन्ट बोल्ट, कोलिन मुन्रो, कोलिन इन्ग्राम, सेफर्न रुथरफोर्ड र किमो पाउलमध्ये दुई जनालाई पन्छाउनुपर्ने हुन्छ ।

लिग चरणमा भएका दुई खेलमा दिल्ली र हैदराबादले एक–एक खेल जितेका छन् । पहिलो खेल हैदराबादले दिल्लीको घरेलु मैदानमा ५ विकेटले जितेको थियो भने हैदराबादमा दिल्ली ३९ रनले विजयी भएको थियो ।