२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु



अ+ अ-

बग्दाद । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अल(सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेशन कमाण्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञप्ति मार्फत् जनाएको छ।

बसरा स्वास्थ्य विभागको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, विष्फोटले नजिकैका दुईवटा नागरिक कारहरूमा आगजनी गरेको छ जसमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

घटनाको बारेमा थप जानकारी पछि सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ ।  विष्फोटक विज्ञ र सुरक्षा बलले विष्फोट भएको ठाउँमा अनुसन्धान गरिरहेको छ। (रासस-सिन्ह्वा)