
काठमाडौं । नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ। मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो।
धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ।यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ छ।
नेपालमा हरेक वर्ष ३० देखि ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको विभिन्न अध्ययनले देखाएको छ।क्यान्सर सुरुमा नै पत्ता लगाउन सकिए निको हुने भएकाले विशेष सर्तकता अपनाउन चिकित्सको सुझाव छ तर नेपालमा भने अधिकांश व्यक्ति क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्यु हुने क्रम बढेको छ।
बिरामीले सुरुकै अवस्थामा सर्तकता अपनाउन नसक्नाले क्यान्सर रोगले भयावह रूप लिदै गएको चिकित्सकको भनाइण् छ । क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ।
रक्सी एवं सर्तीजन्य पदार्थ सेवन नगरी हरियो सागसब्जी आएर दैनिक शारीरिक व्यायाम गरे क्यान्सरको सम्भावना कम हुन्छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध अविवाहित महिलाले ‘ह्युमन प्यापिलो’मा भाइरसको भ्याक्सिन लगाउएर मासु कम खाए क्यानसरको सम्भावना कम हुन्छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।












