२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन : आयोग तयार सरकार बेखबर



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन प्रारम्भिक तयारी अघि बढाएको छ । सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसंगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षासंगै आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो ।

नीति तथा कार्यक्रमको स्वीकृतिसंगै आयुक्तहरु सरकारसंग यसबारे छलफल गर्ने तयारीमा छन् । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने कार्य यसअघि चर्चामा सीमित भएको थियो । आयोगले उपनिर्वाचनको तयारीको लागि सरकारको ध्यानाकर्षण गराउदै आए पनि औपचारिक प्रक्रिया अघि बढेको थिएन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।