२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गलबार नेप्से परिसूचक ३७.१८ अंकले ओरालो



अ+ अ-

काठमडाौँ । सोमबार ३२.२२ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ । 

मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९१ बिन्दुमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.८५ अंकले घटेर ४७४.१३ बिन्दुमा झरेको छ ।

आज कारोबारमा आएका २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको शेयर कारोबार भएको छ । आज बजारसँगै कारोबार रकम समेत घटेको छ । सोमाबार ४ अर्ब ५४  करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो । आजको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये व्यापार र म्यूचुअल फण्ड बाहेक सबै उपसमूह घटेको देखिएको छ ।

बैंकिङ १३.५५, विकास बैंक १४०.९५, जलविद्युत ७४.६९, फाइनान्स ९०.०८, निर्जीबन बीमा १६०.९८, जीवन बीमा ७३.९४ उत्पादन तथा प्रशोधन ९२.०३, माइक्रोफाइनान्स समूहको उपसूचक ७२.५६ अंकले घटेको छ ।

आज कारोबारमा आएको आईसीएफसी फाइनान्सको शेयरमूल्य सबै भन्दा बढी ७.६५ प्रतिशत घटेको छ । त्यसरी कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा आज प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।




भर्खरै