२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले अमेरिका दवाबमा, परीक्षण बन्द गर्न ट्रम्पको आग्रह



अ+ अ-

काठमाडौं । उत्तर कोरियाले पुनः छोटो दुरीका क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमलाई परीक्षण रोक्न आग्रह गरेका छन् । पेनेन्सुएलाको होडोमा उत्तर कोरियाली नेता किमको उपस्थितिमा भएको परीक्षणपछि राष्ट्रपति ट्रम्पले किमलाई आफ्नो बाचा सम्झन आग्रह गरेका हुन् ।

जापनको नदीलाई लक्षित गरी सैन्य दस्ताको मनोबल बढाउन गरिएको भनिएको परीक्षणप्रति दक्षिण कोरियाले समेत संशयका साथ हेर्दै आएको छ । भियतनाम वार्ता विफल भएपछि ट्रम्पसँग असन्तुष्ट बनेका किम रुस भ्रमण सकाएसँगै क्षेप्यास्त्र परीक्षणमा ब्यस्त छन् ।

ट्रम्पले ट्वीट गर्दै किमलाई आफू उत्तरकोरियाली नागरिकको पक्षमा रहेको उल्लेख गर्दै विश्व अर्थतन्त्रमा ठूलो सहयोग गर्ने उत्तरकोरियाले आफ्नो परीक्षण बन्द गर्नु नै उत्तम हुने समेत सुझाव दिएका छन् ।

साथै किमलाई सिंगापुर वार्तामा गरिएको बचन पूरा गर्न स्मरण गराउँदै दुई देशबीच सम्झौता हुनेमा आफू ढुक्क रहेको समेत उल्लेख गरेका छन् । किमले पुनः परीक्षण सुरु गरेसँगै अमेरिका दबाबमा परेको छ ।




भर्खरै