७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै न्यायाधीश मर्यादामा बस्नुपर्छ, न्याय ध्वस्त भएको छः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय ध्वस्त भएको बताएका छन् । मंगलबार ओली निवास बालकोट पुगेका कानुन व्यवसायीहरुसँगको वार्तालापमा ओलीले सो कुरा बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाउन अनुरोध गर्दै पुगेका कानून व्यवसायीहरुलाई ओलीले न्यायालय स्वस्थ बनाउनुपर्ने कुरामा आफ्नो पनि सहमति रहेको बताए । न्यायपालिका निष्पक्ष नभएको भन्दै त्यसका लागि पनि आवाज उठाउनुपर्ने उनको भनाई छ । 

त्यस्तै, संसद विघटनको मुद्दाको फैसला पनि कसरी भएको रहेछ भन्ने कुरा खुलेको ओलीले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति इंगित गर्दै उनले भने, ‘फैसला कसरी भएको रहेछ भन्नेकुरा एकजना राजनीतिक नेताले भन्नु भयो तपाईहरुले लगाउनुभएको असाधारण गुन तिर्ने बताएको कुराले पनि पुष्टि भएको छ,।' 

'सैद्धान्तिक रुपमा तपाईंहरुको कुरासँग असहमति जनाउनुपर्ने कुरा छैन। न्याय प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो । त्यो दिने थलो भनेको सर्वोच्च अदालत हो । संविधान र कानुनअनुसार न्याय दिनुपर्छ, त्यसका लागि उ स्वच्छ र निष्पक्ष हुनुपर्दछ,' ओलीले भने, 'तपाईंहरुको कुरासँग हाम्रो असहमित के छैन भने न्यायलय स्वच्छ र निष्पक्ष हुनुपर्छ। स्वच्छताको कुरा उठाउनु भयो निष्पक्षताको कुरा उठाउनुभएन। आफैं अधिवक्ता पनि भएर हो कि ?’

यस्तै, न्यायालय निष्पक्ष नहुँदा र त्यहाँ न्यायिक मन नहुँदा अहिलेको स्थिति आएको ओलीको भनाइ छ । 

प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन बारले माग्यो एमालेको सहयोग