२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्यु भएको भनिएका आईएसका नाइके अल बग्दादी पाँच वर्षपछि भिडियोमा देखिए



अ+ अ-

काठमाण्डौं। इस्लामिक स्टेट (आईएस) विद्रोही समूहका नाइके मानिएका अबु बकर अल बग्दादी बोलेको भिडियो मेसेज सार्वजनिक भएको छ । सन् २०१४ मा इराकी सहर मोसुलमा क्यालिफेट घोषणा गर्ने क्रममा देखिएका पाँच वर्षपछि पहिलो पटक उनी भिडियोमार्फत देखिएका हुन् ।

भिडियो सार्वजनिक भए लगत्तै अमेरिकाले फेरी सो समुलाई ध्वस्त पारिदिने प्रतिबद्धता गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आईएसको नियन्त्रणमा रहेको भूभाग नियन्त्रणमा लिए पनि आईएस विरुद्धको लडाइँ जारी रहेको बताउँदै यस्तो प्रतिबद्धता गरेको हो ।

भिडियोमा अल बग्दादी कालो ड्रेस लगाएर भुईमा बसेका छन् । उनले भिडियोमार्फत हालै श्रीलंकामा भएको एकपछि अर्को आक्रमणबारे आईएसको आफ्नो जिम्मेवारी रहेको प्रशंसासमेत गरेका छन् । उनले आफ्ना लडाकु मारेको प्रतिरोधमा धेरै आक्रमण गरेकोसमेत बताए छन् ।

यसअघि रुस र इराकले हवाई आक्रमणमा अल बग्दादी सम्भवतस् मारिइसकेको घोषणा गरिएको थियो । तर बीबीसीका एक संवाददाताले भने ‘ती व्यत्तिm उनै हुन्, यदि हैन भने कोही अन्य उनी जस्तै देखिने एक हुनुपर्छ’ भन्ने बताएका छन् ।

अमेरिकाले भने सन् २०१७ मा भएको एक आक्रमणमा उनी गम्भीर घाइते भएको र उनलाई महिनौँसम्म युद्धभूमिबाट पर लगिएको बताएको थियो। अब उनको आगमनसँगै आईएसहरुलाइै झन प्रोत्साहन मिल्ने डर देखिएको छ ।

उनको सो भीडियो सोमबार आईएसको मिडिया विंग अल फ्रुकनमा सार्वजनिक भएको हो ।




भर्खरै