२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक घटना नियन्त्रण गर्न सार्वजनिक यातायातमा जिपिएस प्रणाली लागु हुँदै



अ+ अ-
तस्बिर : राजन के.सी

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीमा जोड्न लागेको छ। जिपिएस जडानपछि ट्राफिक प्रहरीलाई ट्रयाकिङ गर्न, गतिको जानकारी हुनुका साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको दाबी रहेको छ ।

आगामी नौ मिहनामा सक्ने गरी विश्व बैंकको सहयोगमा काम सुरु भएको छ। जिपिएस प्रणालीका लािग परामर्शदाता नियुक्त गर्न प्रक्रिया थालिएको बताइएको छ। विभागका महानिर्देशन कुमारप्रसाद दाहालका अनुसार देशभरका करिब ४२ लाख सवारी साधनमा जिपिएस लागु गरिनेछ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।