२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुन्छ : सांसद झा



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सांसद अनिल झाले देशभित्रका नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुने बताएका छन्।

सोमबारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई हिन्दी भाषामा सम्बोधन गर्दै झाले नागरिकता पाएका व्यक्तिलाई राज्यविहीन र अनागरिक बनाउँदा राष्ट्रियता कमजोर हुने जिकिर गरे।

‘२०५४ सालमा जितेन्द्र देवको नेतृत्वको आयोगले ३४ हजार ९० मानिसलाई नागरिकता वितरण गरेको थियो। अहिले सर्वोच्च अदालतबाट खारेज गरियो। यसबाट नागरिकलाई अनागरिक बनाउन खोजियो। नागरिकलाई राज्यविहीन र अनागरिक नबनाउ’, उनले भने, ‘होइन भने राष्ट्रियता कमजोर हुन्छ। सरकारको समृद्धि, विकासमा पनि बाधा पुग्छ।’

झाले मधेसको शक्तिलाई आन्दोलनमा जान बाध्य पार्ने तथा सांसद ९रेशम चौधरी०लाई जेल पठाएर शान्ति कायम नहुने बताए। ‘शान्तिका लागि एजेण्डा सम्बोधन हुनुपर्छ। एजेण्डा सम्बोधन नभए शान्ति कसरी आउँछ। शान्ति नभए विकास कसरी गर्नेरु समृद्धि कसरी आउँछरु त्यसकारण मधेसका एजेण्डा सम्बोधन गरौं, संविधान संशोधन गरौं’, उनले भने। यो खबर आजको नागरिक दैनिकमा छ।