२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाकी उपाध्यक्षले रुँदै भनिन्- ‘अध्यक्षले मलाई अभद्र व्यवहार गरे’



अ+ अ-

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले आफूलाई अभद्र व्यवहार गरेको आरोप उपाध्यक्ष गीतादेवी साहले लगाएकी छन्।

अध्यक्ष मुखियाले बलजफ्ती योजनामा हस्ताक्षर गराउन खोजेको र आफूले नमानेपछि अभद्र व्यवहार गर्दै कुट्नसमेत खोजेको उनले बताएकी छन्।

आफ्नै घरमा उपाध्यक्ष साहले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएकी हुन्। अध्यक्ष मुखिया, वडाध्यक्षद्वय नन्दलाल यादव र रहमत राँकीले अपशव्द प्रयोग गर्दै कुट्न झम्टिएको भन्दै उनी पत्रकारमाझ भक्कानिएकी थिइन्।

प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आफूलाई बाइपास गरेर अध्यक्ष मुखियाले विगत र चालू आवको रकम व्यापक दुरुपयोग गरेको आरोप लगाएकी छन्। अध्यक्ष मुखिया र उपाध्यक्ष दुबै नेकपाबाट निर्वाचित भएका हुन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।