२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन माओवादी द्वन्द्वदले खोसेको खुसी १७ वर्षपछि फर्कियो



अ+ अ-

रोल्पा । ‘मलाई हिजोका दिनहरु केही याद छैन । बुवा इन्डिया गएको केही दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदी र म मात्र घरमा भयौँ । दाइ र भाइ कता थिए, सम्झना छैन ।’ तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ वर्षअघि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा इन्डियाबाट आउँदा पनि घर नबसी कताकता जानुहुन्थ्यो । यस्तैमा दिदी मनमाया माओवादीमा लागिन । माओवादीमा लागेपछि दिदी कहिलेकाहीँ बन्दुक बोकेर घर आउन थाल्नुभयो । यस्तैमा एक दिन मलाई पनि आफुसँगै लैजानुभयो ।’

घर छाडेको केही समयपिछ माओवादीले नै मनमाया भिडन्तमा मरिएको भनेपछि आफू माओवादी छाडेर भागेको बताउँछन, प्रताप । ‘तेरी दिदी लडाइमा मरी भनिदिए । माओवादीले धेरै ठाउँ घुमाए । दुस्ख दिए । अति भए पछि भागेर हिडेँ,’ उनले भने । तर उनको दिदीका बारेमा यथार्थ जानकारी अहिलेसम्म पनि पाउन सकेको छैनन् ।

माओवादी छाडेर भागेपछि प्रतापले १७ वर्षजति निकै असहज जीवन बिताए । माओवादी शान्तिप्रकृयामा फर्किएको दशक बित्दा पनि उनी घर नफर्किएपछि कतिले उनको लडाइँमा परेर मृत्यु भइसकेको अन्दाज पनि लगाको खबर नागरिक दैनिकमा प्रकाशित छ ।