२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायी सधैँ असन्तुष्ट



अ+ अ-

काठमाडौँ । पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् ।

सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन गरियो ।

२०६९ सालपछि पनि सार्वजनिक सवारीको दुईपटक भाडा समायोजन भएको छ तर ट्याक्सी व्यवसायीले भने विगत दुई महिनादेखि वैज्ञानिक भाडादर समायोजनको माग राखी आ–आफ्ना ट्याक्सीे पछाडि प्लेकार्ड टाँसिरहेका छन् ।

यातायात व्यवस्था विभागले भने पटक–पटक भाडा समायोजन गरिएको तर ट्याक्सी व्यवसायीहरूले सरकारलाई ‘ब्ल्याक मेलिङ’ गरिरहेको जनाएको छ । ट्याक्सी पछाडि टाँसिएका प्लेकार्ड ट्राफिक प्रहरीले च्यात्ने काम गरे पनि व्यवसायीले भने राख्न नछाडेको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।