
काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारबाट ४१० अर्ब अमेरिकी डलरको प्रतिबद्धता प्राप्त भएकोमा अहिलेसम्म २६२ अर्ब अमेरिकी डलर बराबर सहायता परिचालन सम्झौता भएको छ।
पुनर्निर्माणका लागि प्राप्त कतिपय सहायताअन्तर्गत परियोजना कार्यान्वयनमा छन्। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि राहत, उद्दार र पुनर्निर्माणका लागि दातृ निकायबाट सहयोगको प्रतिबद्धता आएको हो।
नेपालले भूकम्प पुनर्निर्माणका लागि २०७२ असार १० मा दातृ सम्मेलन आयोजना गरेको थियो। उक्त सम्मेलनमा आएको प्रतिबद्धता ४१० अर्ब रुपैयाँमा दातृ निकायले राहत, उद्धार पुनस्र्थापनामा गरेको खर्चसमेत जोडिएको थियो। दातृ निकायले राहत, उद्धार पुनस्र्थापनामा करिब ६७ अर्ब रुपैयाँ खर्च भएको जनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।












