२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षमा ४५ हजार परकम्प, किन आइरहेको छ परकम्प ?



अ+ अ-

काठमाडौं । भूकम्पविद्हरुका अनुसार अहिले आइरहेका परकम्पहरु भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्प हुन्।

०७२ वैशाख १२ मा गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर ७।६ म्याग्नीच्युडको भूकम्प गएको थियो। अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले भने उक्त भूकम्पलाई ७।८ म्याग्निच्युड भनेको छ।

चार वर्षकाबीचमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ।

ठूला भूकम्पछि २० औँ वर्षसम्म पनि परकम्प आइरहने भएकाले सामान्य रुपमा लिनु पर्ने सापकोटाको भनाई छ। नेपालमा १९९० र ०४५ सालका शक्तिशाली भूकम्पपछि पनि धेरै वर्षसम्म परकम्प गएका थिए।

केन्द्रका भूकम्पविद् भरत कोइरालाका अनुसार जति ठूलो भूकम्प जान्छ, त्यति नै धेरै परकम्प लामो सयमसम्म आइरहन्छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।