
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमै कारोबार भईरहेको जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
आज पनि चाँदी स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।












