
पाल्पा । विभिन्न स्थानमा निजी र सामुदायिक विद्यालयको गुणस्तरबारे प्रश्न चिन्ह उठिरहेको छ । अधिकंशले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न चिन्ह लगाई उनीहरुको रोजाई निजी विद्यालय भइरहेको बेला पाल्पा जिल्लामा भने एउटा नँया अभ्यास शुरु भएको छ ।
अभिभावक निजिमा पढाउने कि सामुदायिकमा भन्नेमा दोधारमा परिरहेको बेला यँहाको एउटा गाउँपालिकाका ५ निजी विद्यालय सामुदायिक विद्यालयमा समायोजन गरेर ९गाभेर० नँया अभ्यासको सुरुवात भएको हो ।
जिल्लाको पूर्वखोला गाउँपालिका भित्रका निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभ्दा यसले शैक्षिक एकरुपता ल्याउनका लागि सहयोग गर्ने गाउँपालिकाको भनाइ छ ।
सरकारी शैक्षिक संस्था प्रतिको विश्वास घटिरहेका बेला पूर्वखोला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि केही प्रक्रियागत रुपमा नियमित हुन नसकेका निजी विद्यालयहरुलाई मर्ज गराएको हो । यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।












