
काठमाडौं । ताण्डब न्युजका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् ।
समाचार लेखेको आधारमा पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासले दिएको जाहेरीमा गिरी पक्राउ परेका थिए ।












