
काठमाडौं । राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य लिलाबहादुर दाहालले ‘समृद्ध नेपाल, सुखि नेपाली’ को नारा लगाउने सरकारले भारतीय पुजारीले जनकपुरको २४ बिघा जमिन बेच्दा सरकार र सरकारका भूमिसुधारमन्त्री कानमा तेल हालेर सुतिरहेको आरोप लगाएका छन् ।
उनले सरकारले दलाल तथा भूमाफियाहरुलाई प्रोत्साहन गरिरहेको भन्दै बालुवाटार बेचिँदा देशमा सरकार नभएको आभाष भएको दुःखेसो पोखे । दाहालले अहिलेको सरकार जनताको हो कि भुमाफियाहरुको भन्दै प्रति प्रश्न गरे ।
तीन वर्ष पहिला खुलामञ्चमा अस्थायी बसपार्क बनाउँदा प्रतिक्षालय बनाउने भनेपनि अहिले करोडौं रकमको चलखेल गरेर सटरहरु निर्माण हुँदापनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने काठमाडौं महानगरपालिकाजस्तो स्थानीय सरकार मौन रहेकोमा उनले आक्रोस पोखे ।
यो प्रकरणमा महानगरले छानबिन नगरी पन्छिन खोजेकोे पनि उनको आरोप छ । सो क्षेत्रमा निर्माण भईरहेका संरचनाहरु तत्काल नहटाए आफुहरु कडा आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।












