
काठमाडौँ । हङकङबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ३२० (नेपाली नाम सगरमाथा) विमानलाई होल्डमा फन्को लगाउँदा चाहिने पर्याप्त इन्धन अभाव देखिएपछि एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले प्रायोरिटी ल्यान्डिङ (प्राथमिकतामा राखेर अवतरण) गराएका छन् ।
निगम स्रोतका अनुसार बिहीबार बेलुकी उडान नम्बर आरए ४१० विमानमा १ सय ५० यात्रु सवार थिए । उक्त विमानका चालक दलले नेपालभित्र पसिसकेपछि काठमाडौँ विमानस्थलको टावरमा रहेका एटीसीलाई १० मिनेटभन्दा आफूहरु होल्डमा रहेर फन्को लगाउन नसक्ने बताएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।












