२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमै भेटियो म्याद सकिएका औषधि, अस्पताल आफै बिरामी



अ+ अ-

काठमाडौं । ८५ वर्षअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफैँ थला परेको छ। हैजा रोगको उपचार गर्न सुरु भएको यो अस्पताल देशकै एक मात्र सरुवा रोग नियन्त्रण हो। सबै खालका ज्वरो जस्तै, कालाज्वर, टाइफाइड फिबर, डेंगु, जापाजिन इन्सेफ्लाइटिस, एचआईभी रोगका लागि यो अस्पताल प्रमुख हो।

देशका कुनाकाप्चाबाट बिरामी ‘रेफर’ भएर यहाँ आउँछन्। यति महत्त्वपूर्ण अस्पताललाई सरकारले खासै प्राथमिकतामा राखेको छैन। अस्पतालका सेवा नियमित छैनन् भने उपकरण अभावका कारण गम्भीर प्रकृतिका बिरामी निजी अस्पताल लैजानुपर्ने बाध्यता छ।

अस्पतालले २०७४ असोज २ गते वेल हेल्थ केयर प्रालिबाट दुई लाख ६६ हजार रुपैयाँ बराबरको एल्लो फेभर भ्याक्सिन खरिद गर्‍यो। तर भ्याक्सिनको म्याद २०७५ वैशाख १७ गतेसम्म मात्र थियो। अस्पतालले आपूर्तिकर्तासँग गरेको सम्झौताअनुसार खरिद गरेको औषधिअस्पतालले बुझ्दा कम्तीमा १८ महिनाको म्याद हुनुपर्ने थियो। आठ महिनामा म्याद रहेको औषधि अस्पतालले स्वीकार गरेको थियो। यस्तै अस्पतालको फार्मेसीका केही औषधिको म्याद सकिएको पाइएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।