२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइईको नतिजा उत्तरपुस्तिका बुझ्ने कर्मचारीको अभाव



अ+ अ-

काठमाडौ‌ं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ।कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो। २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन।

२६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिए। उनले भने, ‘कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने ?’

कतिपय जिल्लामा उत्तरपुस्तिका बुझ्ने कर्मचारी नै छैनन् । समायोजनमा परेका कर्मचारी संघ र स्थानीयमा जान थालिसकेका छन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।