२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुँदैछ स्वेताको सपना साकार,माझी बस्ति निर्माण अन्तिम चरणमा



अ+ अ-

काठमाडौं । नायिका स्वेता खड्काले श्वेता खड्का फाउण्डेशनले सिन्धुपाल्चोक जिल्लामा पर्ने ईन्द्रावती नदि किनारमा निर्माण गरिएको माझी बस्ति बनाउने क्रममा घेरै कस्ट र गाली खाएको बताएकी छिन । उनले सामाजिक संजालमा एउटा स्टाटस पोष्ट गर्दै आफ्नो सानो घर, रहर र सपना पूरा भएको भन्दै खुशि पनि व्यक्त गरेकी छिन् ।

अप्रिल ५ मा लेखिएको उक्त स्टाटसमा साँचेका सपना माझी बस्तिका दाजुभाइ तथा दिदिबहिनीहरुसंग हात्तेमालो गर्दै यहाँसम्म आइपुगेको बताएकी छिन् । उनले उक्त बस्ति निर्माणको क्रममा धेरै कस्ट , धेरै हण्डर र गाली गरेको भन्दै दुःख व्क्त पनि गरेकी छन् ।

“मलाई कतिले आँखा तरे । कोहीले आश देखाए भने कोहीले उपहास गरे । तर सहयोगीहरुको साथ र माझी बस्तिका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई विपनामा परिणत गर्ने तरखरमा छौ “स्वेता”ले लेखेकी छिन् अझै केहि काम बाँकी छन् । म एक्लैले ,अपुरो कामलाई पूरा गर्न सम्भव छैन । आउनुस अझै मौका छ । नमुना माझी बस्तीमा आ–आफ्नो योगदान गरौ ।”