काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले एकपछि अर्को गर्दै पूर्व राजपरिवारका सदस्यहरुमाथि आक्रोश व्यक्त गर्दै आइरहेका छन् ।
आइतबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पराजयको मुख्य दोष उनीमाथि खन्याएका थापाले केही समयअघि हिमानी शाहमाथि रिस झारेका हुन् ।
हिमानीले ट्विटरमार्फत राप्रपाको अध्यक्ष पदमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि थापाले जवाफमा आक्रोश व्यक्त गरेका हुन् ।
अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना!!! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ!!! pic.twitter.com/9qq7LcPV0Z
— Himani Shah (@HimaniSh123) December 5, 2021
हिमानीले @HimaniSh123 बाट गरेको ह्यान्डलबाट लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा कमल थापाले आक्रोशित भएर जवाफ फर्काएका हुन् ।
यद्यपि हिमानी शाहको सो ट्वीटर अकाउन्ट आधिकारिक रहेको खुल्नमा आएको छैन ।
अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा @HimaniSh123 लाई पनि हार्दिक बधाई तथा शुभकामना https://t.co/a8VzuFRWSr
— Kamal Thapa (@KTnepal) December 5, 2021












