
काठमाडौं । तीन वर्षमा गरिबी ३ प्रतिशतले घटेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागका अनुसार ०७२र०७३ मा नेपालमा गरिबीको रेखामुनी रहेको जनसंख्या २१ दशमलव ६ प्रतिशत थियो।
आव ०७४÷०७५ मा यो घटेर १८ दशमलव ७ प्रतिशतमा झरेको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको नेपालको २५ वर्षीय दीर्घकालिन विकास रणनीतिमा गरिबीलाई २१०० सम्ममा शून्यमा झार्ने लक्ष्य लिइएको छ।
आयोगका अनुसार पछिल्लो दुई दशकमा गरिबी उल्लेख्य मात्रामा घटेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।












