२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतै राहतको खातैखात, कतै पुर्पुरोमा हात



अ+ अ-

हर्दिया । सुवर्ण गाउँपालिका–४, हर्दिया गाउँ बारा सदरमुकाम कलैयाबाट १३ किलोमिटर टाढा छ। तर आइतबार रातिको हावाहुरीसँगै भग्नावशेषमा परिणत हर्दियाको दलित बस्तीलाई अझै उद्धार र राहतले छुन सकेको छैन।

तीन रात खुला आकाशमुनि बिताएका स्थानीयले बुधबारसम्म नगरपालिकाले चलाएको मेस (सामूहिक भोजन) मा बिहान–बेलुकाको खानाबाहेक केही पाएका छैनन् भने अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका शीर्ष नेताहरू बारा÷पर्साको प्रभावित क्षेत्र निरीक्षणमा आउन–जाने क्रम चलिरहेको छ।

हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटा गाउँमा सबैको ध्यान केन्द्रित भए पनि हर्दियाका पीडितप्रति सरोकारवाला कुनै पक्षको पनि ध्यान पुगेको छैन। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।