७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमै शव राखेपछि …



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी स्थित गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । शवलाई सडकमै राखेर स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेको हो। 

पूर्व पश्चिम राजमार्गमा आइतबार बिहान भारतीय डिएल १ जेडसि ४७५४ नं को गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको हो । ठक्करबाट स्थानीय अन्ताजी ७० वर्षिय तारा नाथको मृत्यु भएको छ ।  

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस