२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ एसईई : परीक्षा चैत महिनाभित्रै, नतिजा एकैदिनमा प्रकाशित हुने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ को एसईई परीक्षाको तयारी अघि बढाएको छ । प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै हुने भएको छ ।


बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षाको नतिजा एकैदिन प्रकाशित हुनेछ । हाल समय तालिका (रुटिन) निर्माणको गृहकार्य गरिरहेको उनले बताए ।

चैत १० गतेबाट सुरु भएको एसईई देशभर चैत २१ गते सकिने समय तालिका थियो। प्रदेश नम्बर २ मा चैत १४ गतेको विज्ञान विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिल्यै बाहिरिएपछि रद्द गरिएको छ। उक्त विषयको परीक्षाको मिति चैत २२ गते लाई तोकिएको छ।

साविककै परीक्षा केन्द्र र समयमा उक्त परीक्षा सञ्चालन हुनेछ। त्यसका लागि प्रश्नपत्र छपाइको काम सुरु गरिएको हो। चैत १५ गतेको सामाजिक विषयको प्रश्पत्रपनि परीक्षा अगावै आउट भएका कारण स्थगित गरिएको छ। त्यसपछिका सबै विषयका परीक्षा पनि स्थगित गरिएको हो। स्थगित भएका परीक्षा २३ गतेबाट निरन्तर सञ्चालन गर्ने गरी रुटिन बन्ने सम्भावना रहेको बोर्ड स्रोतले जनायो।

प्रदेश २ मा परीक्षा स्थगित हुँदा ७० हजार ५ सय ६८ विद्यार्थी प्रभावित भएका छन्। उनीहरूले २ सय ६२ केन्द्रबाट परीक्षा दिइराखेका थिए। उक्त प्रदेशको ८ वटै जिल्लामा परीक्षा सम्पन्न भइसकेका अङ्ग्रेजी, नेपाली र गणित विषयका उत्तरपुस्तिका र परीक्षा हुन बाँकी विषयका प्रश्नपत्रको सुरक्षाका लागि उच्च सर्तकर्ता अपनाइएको छ।