
काठमाडौं । काभ्रेपलान्चोकका अधिकांश स्थानीयतहले सवारी साधन खरिदमा अत्यधिक खर्च गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार काभ्रेका स्थानीयतहले आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षणपछि सार्वजनिक प्रारम्भिक प्रतिवेदनमा आन्तरिक आय ६ लाख ८५ हजार ९ सय ५८ रुपैयाँ मात्र रहेको महालेखाले जनाएको छ । तर, त्यहि गाउँपालिकाले आम्दानीको २६ गुणाभन्दा बढी खर्चेर क्याटलग र मूल्यसूचीमा आधारमा दुईवटा हेभी इक्विपमेन्ट र एउटा जिप किनेको देखिएको छ । महाभारतले एक करोड १५ लाख रुपैयाँमा दुसान इन्फ्राकोर कम्पनीको एउट हाइड्रोलिक एक्साभेटर, ३५ लाख रुपैयाँमा एउटा ब्याकहो लोडर र ३२ लाख ५५ हजार रुपैयाँमा महेन्द्राको एउटा बलेरो जिप किनेको छ ।
महालेखाको प्रतिवेदन अनुसार अघिल्लो आवमा सो गाउँपालिकाले मितव्ययिताको सिद्धान्त विपरीत तीनवटा खरिदमा १ करोड ८२ लाख ५५ हजार खर्चेको भेटिएको नागरिक दैनिकमा खबर छ ।












