२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एक नेपालीको हत्या, न्यायको माग



अ+ अ-

काठमाडौं । भारतको पञ्जावमा बैतडी मेलौलीका एकजनाको बिभत्स तरिकाले हत्या भएको छ । बिगत ३० बर्षदेखि पञ्जाबमा बस्दै आएका मेलौली २ कर्पतका ४३ बर्षीय श्यामसिंह ओडको चैत्र ६ गते हत्या भएको खुलेको छ । उनको शव गोबिन्दगढ भन्ने ठाँउमा फालिएको अबस्थामा भेटिएको मृतकका भतिजा राजेन्द्र वडले बताए ।

मृतक श्यामसिंह श्रीमती र छोराछोरीका साथ भारतमा बस्दै आएका थिए । तर उनकी श्रीमती लक्ष्मी कुमारी (हरु)ले ६ महिला अघि भारत पन्जाब स्थित जलन्धर मुग्दमपूर जोतिचोकमा बस्दै आएका चम्बावत निबासी अर्जुन कुमारसंग दोश्रो बिहे गरेकी थिइन् । श्यामसिङ र लक्ष्मीका १ छोरा तथा १ छोरी छन् तर उनीहरु लक्ष्मीसंगै बस्दै आएका छन् ।

श्यामसिङ र लक्ष्मीका बिचमा बिगत ६ महिना अघि उनीहरुका नाममा बिमा भरेकोे रकम ५ लाख९भारु० रुपँया आएको र त्यो रुपयाँ लक्ष्मीले नै लगेको बताइएको छ । यो बिषयमा बिवाद हुदाँ मार्ने योजना बनाएको हुन सक्ने मृतकका भतिजा राजेन्द्रले बताए ।

घटना यसरी खुल्यो
चैत ८ गते मृतक श्यामका भाई गणेशले उनको मोबाइलमा फोन गर्दा फोन प्रहरीले उठायो, ‘म प्रहरी बोल्दै छु र यो फोन भएको मान्छेको मृत्यु भइसकेको छ, हामीले शव सडकमा भेटेका हौँ, तपाईं आफन्त हो भने यता आउनुस्, भनेर एक अस्पतालको ठेगाना दिइयो । त्यहाँ पुग्दा मृतकका भाइ गणेशले शव देखेका थिए ।

अहिले श्यामको दुर्घटनामा मृत्यु भएको भन्ने आधारमा प्रहरीले रिपोट तयार गरिरहेको बताइएको छ । पोष्टमार्टमको रिपोट दिन पनि अस्पतालले आनाका गरिरहेको मृतकका अर्का भाई संकर ओडले बताए ।

अहिले मृतक श्यामसिंहका परिवारले मृतकको न्याय र दोषीलाई कारबाहीका लागि सबैसंग अनुरोध गरिरहेका छन् । श्यामको हत्या उनकै भुतपुर्व श्रीमती लक्ष्मी र उनका नयाँ पति अर्जुन कुमारले गरेको आशंका परिवारको छ ।

होलीपर्वका दिन मृतक श्यामसिहं आफ्ना छोराछोरीलाई भेट्न भनी लक्ष्मीको घर गएको र त्यसपछि नफर्केको भन्ने बुझिएको छ । मृतक श्यामसिंह ओड १३ बर्षको उमेरमै मजदुर गर्न भनी भारत पसेका थिए ।

परिवारको भनाई यस्तो छ – १३ बर्षको छदाँ भारत पसेको हो, कमाई पनि राम्रो गरिरहेको थियो, उसैले कमाएको पैसाले घरको गर्जो टरेको थियो । अहिले उसलाई मारेर सडकमा फालेको खबर सुनियो । हामी छागांबाट खसेजस्तै भएका छौँ ।

अर्काको देशमा भएको यो घटना कस्ले गरायो ? किन गरायो उस्ले कस्को के बिगारेको रहेछ ? हामीले न्याय पाउला की नपाउला ? हाम्रा लागि कोही होला की नहोला ? यी सबै प्रश्न मृतकको परिवारको मनमा उब्जेका छन् भने गाँउले सबै अचम्मीत छन् । दुख ब्यक्त गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।