२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिक्षा रद्ध भएपछि विद्यार्थीको विरोध सडकमा



अ+ अ-

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत विज्ञान विषयको परीक्षा रद्ध भएको विरोधमा वीरगन्जमा विधार्थीहरूले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्।

विज्ञान विषयको प्रश्नपत्र सप्तरीको एउटा परीक्षा केन्द्रबाट बुधबार नै ‘लिक’ भएको खुलेपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ का ८ जिल्लामा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्ध गरेको हो।

परीक्षा रद्ध गरिएको विरोधमा पर्सा जिल्लाबाट एसईई दिइरहेका विधार्थीले बिहीबार साँझ घण्टाघर चोकमा प्रदर्शन गर्दै दुई घण्टा सडक अवरुद्ध पारेका हुन्।

साँझ सवा ६ बजे नै घण्टाघर चोकमा करिब ५०० को संख्यामा भेला भएका विधार्थीले परीक्षा रद्ध हुँदा आफूहरूलाई मानसिक तनाव भएको भन्दै रद्ध गरिएको विज्ञान विषयको परीक्षा सदर गर्न माग गरेका छन्।

घण्टाघर चोकमा नाराबाजी गर्दै विधार्थीहरूले प्रदर्शन र सडक अवरुद्ध पारेपछि सडक खुलाउन प्रहरीले सामान्य बल प्रयोग गर्दा स्थिति तनावपूर्ण भएको थियो। सडक अवरुद्ध पारेर बसेका विधार्थीलाई तितरबितर पार्न प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो। लाठी चार्जा ५र६ जना विधार्थीलाई चोट लागेको छ।

राजनीतिक दल सम्बद्ध विधार्थी संगठनका नेताले प्रदर्शनकारीलाई सम्झाई बुझाई घर पठाएपछि राति सवा आठ बजेदेखि स्थिति साम्य बनेको प्रहरी निरीक्षक निशान थापाले बताए।

प्रदर्शनमा सहभागी त्रिजुद्ध मावि वीरगन्जका परीक्षार्थी हिमांशू मिश्रले भने, ‘जुन जिल्लामा पेपर आउट भयो, त्यहाँको मात्र परीक्षा रद्ध हुनुपर्छ, पर्सा जिल्लाको परीक्षा किन रद्ध गर्ने रु परीक्षा रद्ध हुँदा हाम्रो वर्षभरको मिहिनेत खेर गएको छ।

पर्सामा यसपटक सात हजार ८५७ विधार्थीले एसईई परीक्षा दिइरहेका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।