२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको पहलमा राईलाई नागरिकता



अ+ अ-

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाकी धनकुमारी राईले बिहीबार नागरिकता र सामाजिक सुरक्षा भत्ताको कार्ड प्राप्त गरेका थिए ।
थापाथलीको पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउ भेटिएकी राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोे पहल तथा जिल्ला प्रशासन कार्यालय नुवाकोेटको सहकार्यमा नागरिकताको प्रमाणपत्र र सामाजिक सुरक्षा भत्ताको प्रमाणपत्र दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री कार्यालयले धनकुमारीको वस्तुस्थितिबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय नुवाकोट र नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई १० गते आइतबार निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा धनकुमारीको नागरिकता र सामाजिक सुरक्षा भत्ताको छानविनका लागि प्रधानमन्त्रीले चासो राखेका थिए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) थापाले धनकुमारीको नागरिकता सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको नेपाल समाचारपत्रलाई बताए । राईलाई छोरीले काठमाडौबाट नुवाकोट लगेको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।