२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिहानबाट २५ सय वर्ष पुरानो अण्डा भेटियो



अ+ अ-

काठमाडौं । पुरातत्वविद्ले चीनको च्याङसु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन्।

उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो।

नानचिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताले ल्याङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन्।

मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको पुरातत्वविद् चाओ हङमिङले बताए। ‘सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्। तिनलाई नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डीएनए परीक्षण गर्ने तयारी भइरहेको छ’, उनले भने।

अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताको भनाइ छ। प्राचीन चिनियाँ चिहानमा अन्डा भेटिएको यो पहिलोपटक भने होइन। अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ। वैज्ञानिकहरूका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो।

सन् २०१५ मा चीनको दक्षिणपश्चिम क्वाइचाओ प्रान्तमा पुरातत्वविद्हरूले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।