२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख निर्वाचन आयुक्तमा थपलिया सिफारिस



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया सिफारिस भएका छन् ।
संवैधानिक परिषद्को सोमबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियालाई नियुक्त गर्न सिफारिस गरेको हो ।


प्रमुख आयुक्त अयोधिप्रसाद यादवले आइतबारबाट अनिवार्य अवकाश पाएपछि सो पद रिक्त थियो । पद रिक्त भएको भोलिपल्टै बसेको परिषद् बैठकले थपलियालाई प्रमुख आयुक्त सिफारिस गरेको हो । थपलियाले सोमबार नै सचिव पदबाट राजीनामा दिएका छन् ।
आयुक्त इला शर्माले पनि आइतबार मात्रै अवकाश पाएकी थिइन् । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन । समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरिएको छ । राजधानी दैनिकमा खबर छ ।