२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा अस्पताल निर्माण गर्न डेढ करोड दान



अ+ अ-

काठमाडौं । भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीठा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरै तिर भौतारिए उनी । एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए ।

त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाइ केही गरौँ भन्ने भावना जाग्यो । अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे । भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि ७४ वर्षीय पाठकले पूर्वी चितवनको एक बिघा जग्गा बेतेर दान गरेका हुन् ।

‘आँखा देखाउने काममा दान गर्न पाउँदा मन रमाएको छ,’ पाठकले भने, ‘आँखा नभएकाले संसार देखाउन पाएँ भने मेरो खुसी त्यही हो ।’ अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।