२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो बच्चा बिक्रि गरेर आमा डेटिङमा



अ+ अ-

काठमाडौं । एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्र्षीय ती महिलालाई गिरफ्तार गरेको डेली मेलले जनाएको छ ।

उनी बच्चा बेच्न मस्कोबाट उफामा खरिदकर्ताहरुसँग भेट्न आएकी थिइन् । उनीहरुले नै प्रहरीलाई यस विषयमा जानकारी दिएका थिए ।

उनले बच्चालाई ११ हजार ५ सय १२ पाउन्डमा बेचेकी थिइन्, त्यसपछि खरिदकर्ताले नै प्रहरीलाई यस विषयमा जानकारी दिएको र उनलाई गिरफ्तार गरिएको अखबारले जनाएको छ । कुनै महिलाले यस प्रकारको कार्य गरेको यो दोस्रो घटना हो । नेपाल समाचारपत्रमाखबर छ ।