२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहर केन्द्रित बिमा कम्पनी गाउँ जानै मान्दैनन्



अ+ अ-

काठमाडौं । ग्रामीण भेगमा बिमाको पहुँच पुर्याउने सरकारको उद्देश्य भए पनि कम्पनीहरू भने शहरकेन्द्रित व्यवसायमा रमाइरहेका छन्। बिमा समितिले आगामी वर्षभित्र बिमाको पहुँच २५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ।

कम्पनीहरू शहरकेन्द्रित व्यवसायभन्दा बाहिर नगएका कारण सो लक्ष्य पूरा हुने अवस्था नदेखिएको हो। समितिको तथ्यांकअनुसार एक हजार नौ सय ८३ शाखा सञ्चालनको अनुमति बिमा कम्पनीले लिएका छन्। त्यसमध्ये गण्डकी प्रदेशमा ५०३ शाखा कार्यालय शहरकेन्दिर्त छन्। अन्य प्रदेशमा सञ्चालित शाखा पनि शहरकेन्द्रित रहेको तथ्यांकले देखाउँछ।

शहरी क्षेधमा आर्थिक गतिविधिका साथै जोखिम पनि बढी हुने भएकाले कम्पनीहरूको आकर्षण हुने गरेको युनाइटेड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए। यद्यपि दुर्गम क्षेत्रमा पनि जोखिम उत्तिकै छ। तर आर्थिक गतिविधि कम हुने भएकाले कम्पनीहरू जान नचाहने बिमा समितिकी निमित्त प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेलले बताएको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।