२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समुहले हतियार लगे



अ+ अ-

सुर्खेत । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् ।

उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे ।

लडाकुका पूर्वडेपुटी कमान्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूह तत्कालीन शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्नेबारे भने खुलाएनन् । ‘मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं, ’ उनले भने ‘त्यही बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो ।’

उनले विप्लव समूहले अस्थायी शिविरहरुबाट हतियार लैजाने क्रममा आगजनीसमेत गरेको दाबी गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।