२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलरको दोहोरो सतकसँगै बंगलादेशविरुद्धको दोस्रो टेस्ट न्यूजिल्याण्डले जित्यो



अ+ अ-

काठमाडौँ । बंगलादेशविरुद्धको दोस्रो टेस्ट न्यूजिल्याण्डले जितेको छ । न्यूजिल्यान्डले रोज टेलरको दोहोरो सतकसँगै बंगलादेशविरुद्धको एक इनिङ र १२ रनको जित दर्ता गरेको हो। यससँगै न्यूजिल्यान्डले ३ टेस्टको श्रृंखला २–० को जित निकालेको छ ।

न्यूजिल्याडले टेलरको २०० रनको योगदान गरेसँगै बलियो अबस्थामा पुगेको थियो ।

पाचौं तथा अन्तिम दिन न्यूजिल्यान्डलाई जितका लागि सात विकेटको आवश्यकता थियो भने बंगलादेशलाई इनिङ हार टार्न १ सय ४१ रन चाहिएको थियो । तर बंगलादेशलाई अल आउट गर्न होम टिमलाई एउटै सेसन पर्याप्त भयो । न्यूजिल्यान्डका लेफ्ट आर्म बलर नील वाङ्गर र ट्रेन्ट बोल्टले बंगलादेशी ब्याट्सम्यानलाई धराशयी बनाएका थिए । वाङ्गरले १० ओभर बलिङ गर्दा ३७ रन खर्चेर ५ विकेट लिए । यसैगरी बोल्टले ३८ रन खर्चेर ३ विकेट आफ्नो पोल्टामा पारे । बंगलादेशका मोमदुल्लाहले सर्वाधिक ६७ रन बनाए पनि इनिङ हार टार्न सकेनन् ।

यसअघि पहिलो इनिङमा बंगलादेशले २ सय ११ रन जोडेको थियो, जसमा तमिम इकवालले सर्वाधिक ७४ रन बनाएका थिए । न्यूजिल्यान्डले ४ सय ३२ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । न्यूजिल्यान्डका निकोल्सले १०७ र विलियम्सनले ७४ रन बनाएर टेलरलाई साथ दिएका थिए ।