२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए



अ+ अ-


कायरो : इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४६ जना लडाकू मारिएका छन् । 

अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले जनाएका छन् । 

“आतङ्कबादी विरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कबादीहरुको त्रास रहेको उत्तरी तथा मध्य सिनाईमा भएको भीडन्तमा ४७ लडाकू मारिएका छन्” सैन्य प्रवक्ता तामेर अल रेफैले भन्नुभयो । 

घटनास्थलबाट अरु झण्डै एक सय जना आपराधिक व्यक्ति र लडाकूहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । 

उनीहरुले ३८ ओटा सवारी साधन, १४ ओटा मोटरसाईकल उनीहरु बस्ने दुई घर नष्ट गरिदिएका छन् । 

सन् २०१३ मा तत्कालिन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्त गरिएपछि उहाँका समर्थकहरुले इजिप्टमा आन्दोलन गर्दै आइरहेका छन् । 




भर्खरै